काठमाडौँ – तारा एयरको सम्पर्कविहीन जहाज मुस्ताङको मानापाथी हिमालको पहिरोमुनी दुर्घटना भएको आशंका गरिएको छ ।


ADVERTISEMENT


स्थानीयले बताए अनुसार जहाज मानापाथी हिमालको पहिरोमुनी, लाङ्क्यू खोलाको मुहानमा दुर्घटना भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले हिमालय पोष्टलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘स्थानीय भने अनुसार मानापाथी हिमालको पहिरोमुनी, लाङ्क्यू खोलाको मुहानमा दुर्घटना भएको जानकारी प्राप्त भयो । त्यसको आधिकारिक पुष्टी गर्नका लागि स्थलगत रुपमा गएको हाम्रो टोलीलाई त्यतातर्फ पठाएका छौँ ।’

उनले दुर्घटना भएको भनिएको ठाउँ मुस्ताङको कोवाङबाट ३–४ घण्टाको पैदल दुरीमा रहेको र सेनाको टोलीलाई त्यसतर्फ बठाइएको प्रवक्ता सिलवालले बताए ।

उनले भने, ‘दुर्घटना भएको क्षेत्र नाउरीकोटबाट उत्तरपश्चिम, मानापाथी हिमालको पहिरो भन्दा मुनि, जहाँ लाङ्क्यू खोलाको मुहान भनिएको छ, त्यसैतर्फ हाम्रो तीन वटा टोली डाइभर्ट गरेका छौँ ।’

उनले सेनाको टोली पुगेपछि मात्रै आधिकारिक दुर्घटना क्षेत्र पुष्टी हुने बताए । पोखराबाट मुस्ताङको जोमसोम जाँदै गरेको तारा एयरको ९एन एईटी कल साइनको जहाज आज बिहान १०ः०७ बजे घोडेपानी भन्ने स्थानबाट सम्पर्कविहीन भइरहेको छ ।

सम्बन्धित समाचार:

पोखरा–जोमसोम फ्लाइटको तारा एयर सम्पर्कविहीन

सम्पर्कविहिन तारा एयरको खोजीका लागि हेलिकप्टर परिचालन

सम्पर्कविहिन तारा एयरको जहाजमा को–को छन् ?

कोबाङबाट धौलागिरी हिमालतर्फ गएको थाहा भयो, जहाजको अवस्था अज्ञात नै छ : डीएसपी दानी

 उद्वारका लागि काठमाडौँबाट सेनाको हेलिकप्टर र घाँसापोष्टबाट पैदली टोली परिचालित

तारा एयरको जहाज दुर्घटना पुष्टि भइसकेको छैन : सीडीओ शर्मा

पाइलटलाई फोन लागिरहेको गलत हो, अन्तिम ट्रयाक लार्के देखिएको मात्र हो : तारा एयरलाइन्स