काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले कृषि क्षेत्रलाई आगामी बजेटमा विशेष प्राथमिकता राखेर बजेट विनियोजन गर्ने बताउनुभएको छ । नेपाल दाना उद्योग संघको २१ औँ साधारणसभाबाट उनले कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने योजना र कार्यक्रमसहित बजेट आउने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT


कृषिमा नयाँ प्रविधिकको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनको तर्क छ । यस्तै दानाका लागि आवश्यक मकै उत्पादन र भण्डारणका लागि संघसंग मिलेर काम गर्ने बताए ।


ADVERTISEMENT

# # #


संघमा रविन पुरीको नेतृत्वमा नयाँ कार्यसमिति

उक्त साधारणसभाले रविन पुरीको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ । नयाँकार्यसमितिको प्रथम उपाध्यक्षमा शंकरप्रसाद कँडेल, द्वितीय उपाध्यक्षमा प्रदीप कुमार रुङगाटा, तृतीय उपाध्यक्षमा ज्ञानेन्द्र पराजुली, महासचिव केशवराज थापा, कोषाध्यक्षमा उमेशचन्द्र सापकोटा र सचिवमा राजकुमार पराजुली चयन भएका छन् ।

यस्तै कार्यसमिति सदस्यहरुमा आनन्द बरगरिया, गोपाल टण्डन, देविप्रसाद गौतम, बिनोद पोखरेल,सुरेन्द्रराज प्रधान,बिनोदचन्द्र केसि, नारायण प्रसाद फुयाल,नितेश गुप्ता, बिनोद भण्डारि र राजकुमार बन्जारा रहेका छन् ।