काठमाडौँ – चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ । शुक्रबार ललितपुरको जाउलाखेल नजिकै उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।


ADVERTISEMENT


टायर पन्चर भएपछि गाडी विद्युतीय पोलमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकी मेयर रेनुको टाउकोमा चोट लागेपछि ललितुरको पुल्चोकस्थित सुमरु अस्पतालमा भर्ना गरिएको छ ।


ADVERTISEMENT

# # #


सिटी स्क्यान गर्दा घाउ बाहिरी छालामा मात्रै भएको देखिएको र अवस्था सामान्य भएकाले रेनुलाई डिस्चार्जको तयारी गरिएको उनकी बहिनी गंगा दाहालले बताएकी छन् ।

केही दिन अघि मात्रै रेनु एमालेका विजय सुवेदीलाई हराउँदै दोस्रो कार्यकालका लागि भरतपुर मेयरमा निर्वाचित भएकी थिइन् ।