काठमाडौँ – स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन)लाई अर्का उम्मेदवार नेकपा एमालेका केशव स्थापितले शुभकामना दिएका छन् ।


ADVERTISEMENT


अन्तिम मत परिणाम आएसँगै स्थापितले सामाजिक सञ्जाल फेसबुकमार्फत वालेनलाई शुभकामना दिएका हुन् । उनले वालेनका राम्रा कामलाई रचनात्मक सहयोग गर्ने र नकारात्मक कायमको निरन्तर बखरदारी गरिरहने बताएका छन् ।


ADVERTISEMENT

# # #


स्थापितले भनेका छन्, ‘काठमाडौँको विकास र समृद्धिसँगै तपाईँले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने छ । यद्यपि, तपाईँले गरेका रहेक कमजोरीमा भने म निरन्तर खवरदारी अवश्य गरिरहने छु ।’ महानगरवासीले गरेको भरोसालाई सम्मान गर्न समेत सुझाव दिएका छन् ।

निर्वाचनमा आफूलाई मत दिनेलाई धन्यवाद व्यक्त गर्दै स्थापितले हारजितलाई सामान्य रुपमा लिएको बताएका छन् । ‘म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु’, उनको भनाई छ ।

यस्तै उनले काठमाडौँको उपमेयरमा निर्वाचन नेकपा एमालेकी सुनिता डंगोललाई समेत शुभकामना दिएका छन् ।

वालेन्द्रले ६१ हजार ७६७ मत ल्याउँदै मेयरमा जियी भएका थिए । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याउँदा केशव स्थापित ३८ हजार ११७ मतसहित तेस्रो बनेका थिए ।