काठमाडौँ – सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाएको छ । सर्वोच्चको बृहत पूर्ण इजलासले बिहीबार निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि सरकारले यसअघि गरेका सबै निर्णय खारेज गरेको हो ।


ADVERTISEMENT


न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले उत्प्रेषणको आदेशले विमानस्थल बनाउन रोक लगाएको हो ।


ADVERTISEMENT

# # #


साथै इजलासले अन्तर्राष्ट्रिय विमानस्थल चाहिए निजगढको विकल्पमा अन्य उपयुक्त ठाउँ खोजेर बनाउन परमादेश दिएको छ । निजगढमा २५ लाख बढी रुख काटेर विमानस्थल बनाउने सरकारको योजना थियो । मंगलबार संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा पनि निजगढ विमानस्थल बनाउने कुरा समावेश गरिएको थियो ।

वातावरण सरक्षण अभियन्ता र अन्य केही वरिष्ठ अधिवक्ताले २ वर्ष अघि निजगढमा जंगल मासेर विमानस्थल बनाउँदा वातावरणीय प्रभाव पर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाई गर्दै सर्वोच्चले आदेश दिएको हो । सर्वोच्चको यो आदेशसँगै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ढोका बन्द भएको छ ।