काठमाडौं – काठमाडौं महानगरपालिकाको २९ वटा वडाको मतगणना सकिएको छ । वडा नम्बर १४, १५ र १६ बाहेक सबै वडाको मत गणना सकिएको छ।


ADVERTISEMENT


हालसम्म कुल १ लाख ८३ हजार ६७९मत गणना हुँदा मेयर पदमा १ लाख ५४ हजार ८९५ सदर मत परेको छ । जसमा स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थानमा रहँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा कायमै छन् ।


ADVERTISEMENT

# # #


मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह ५९ हजार १४९ मत प्राप्त गरेका छन् । अर्थात कुल खसेको सदर मतको ३८.१९ प्रतिशत मत पाएका छन् । दोस्रोमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५४२ मत अर्थात कुल खसेको सदर मतको २४.२४ प्रतिशत पाउँदा एमालेका केशव स्थापितले ३७ हजार २१८ मत ल्याएका छन्। अर्थात उनले कुल खसेको मतको २४.०३ प्रतिशत मत ल्याएका छन्।

चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले हालसम्म १३ हजार ३५४ मत प्राप्त गरेका छन्। जुन कुल सदर मतको ८.६२ प्रतिशत हो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार मदन दास श्रेष्ठले ५५६५ मत प्राप्त गर्दै पाँचौ स्थानमा छन् । अर्थात उनले कुल खसेको सदर मतको ३.५९ प्रतिशत मत पाएका छन्।

यस्तै विवेकशील साझा पार्टीकी मेयर उम्मेदवार समिक्षा बाँस्कोटाले ६३० मत पाएकी छन्। उनले कुल खसेको सदर मतको ०.४१ प्रतिशत पाएकी छन्।

मेयर पदका अन्य उम्मेदवारले हालसम्म १४३७ मत पाएका छन्। अर्थात कुल खसेको सदर मतको ०.९३ प्रतिशत पाएका छन्।