काठमाडौं – धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ) खानेपानीको समस्या समाधान गर्न मेयर निर्वाचित हुनेबित्तिकै लागिपरेका छन् ।  ‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका  मेयर  साम्पाङले चरितार्थ गर्न थालेका बुझीएको छ  ।


ADVERTISEMENT


सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनताले खाने पानीको मुहान क्षेत्रमा पुगेर आवश्यक सरसफाइ गराएका छन् । उनले अभियन्ताका रूपमा लामो समयदेखि धराने जनतालाई खानेपानी उपलब्ध गराउनुपर्ने विषयमा पैरवी गर्दै आइरहेका थिए ।


ADVERTISEMENT

# # #


साम्पाङले खानेपानीको समस्या समाधानको बाटो खोज्न मुहानमा गएको सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै जानकारी दिएका छन् ।  उनले लेखेका छन्  ‘खानेपानीको मूहान अवलोकन गरी कम्जोरी सच्याउने र फोहोर गर्न नदिने निर्देशन दिइयो ! जय धरान !’

यति मात्रै होइन राईले बिहीबार सम्पूर्ण धरानवासीलाई कुचो लिएर धरानको सरसफाइ गर्न आउन आह्वान गरेका छन् । उनले आफू धराने जनतासँगै सरसफाइमा जुट्ने बताएका छन् । मेयर हर्कले बुधबार सर्दुखोलाको मुहानमा पुगेर स्थलगत अध्ययन गरेका हुन् । धरानमा पानीको हाहाकार भएकाले उनले चुनावी एजेन्डामा पनि यो विषयलाई विशेष रूपमा उठाएका थिए ।

उनले धरानवासीलाई आफूले जसरी पनि खानेपानी दिलाउने प्रतिबद्वता जनाउँदै आएका छन् । समाचार राजधानी दैनिकबाट ।