काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट खेलाडीको पारिश्रमिक बढाएको छ । मंगलबार बसेको क्यानको बोर्ड बैठकले राष्ट्रिय पुरुष तथा महिला क्रिकेट खेलाडीको पारिश्रमिक बढाएको हो ।


ADVERTISEMENT


क्यानले १ अप्रिल २०२२ देखि लागू हुने गरी केन्द्रीय सम्झौतामा रहने पुरुष खेलाडीको तलब मासिक १० हजारले वृद्धि गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसअघि राष्ट्रिय पुरुष क्रिकेट खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिएको थियो । जस अनुसार श्रेणी ‘ए’ का खेलाडीले मासिक ५० हजार, श्रेणी ‘बी’का खेलाडीले मासिक ४० हजार र श्रेणी ‘सी’मा रहेका खेलाडीले मासिक ३० हजार रुपैयाा पाउँथे । अब सबै ग्रेडका खेलाडीले आफ्नो पारिश्रमिकमा थप १० हजार पाउने छन् ।

यस्तै महिला राष्ट्रिय क्रिकेट टिमको श्रेणी ‘सी’मा रहेका खेलाडीको मासिक पारिश्रमिक ५ हजारले वृद्धि गरिएको छ भने ‘बी’ र ‘ए’ श्रेणीमा रहेका खेलाडीहरुमो मासिक पारिश्रमिक ६ हजारले बढाइएको छ । यसअघि ‘ए’ श्रेणीका महिला खेलाडीले मासिक १५ हजार, ‘बी’ श्रेणीले मासिक १२ हजार र ‘सी’ श्रेणीका खेलाडीले मासिक १० हजार रुपैयाँ तलब पाउने गरेका थिए ।

५० हजार, ग्रेड ‘बी’का खेलाडीले मासिक ४० हजार र ग्रेड ‘सी’मा रहेका खेलाडीले मासिक ३० हजार रुपैयाँ पाउँथे ।

यस्तै क्यानले मैदान कर्मचारी, मैदान कार्यलय सहयोगी र त्रिवि क्रिकेट मैदानका पिच क्यूरेटरको पनि पारिश्रमिक बढाएको छ । जस अनुसार सबै मैदान कर्मचारीको पारिश्रमिक ३ हजार, मैदान कार्यालय सहयोगीको तलब ५ हजार र त्रिवि क्रिकेट मैदानका पिच क्यूरेटरको मासिक पारिश्रमिक ६ हजार रुपैयाँले बढाइएको हो ।