काठमाडौँ– काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको मत ५६ हजार मत कटेको छ। उनी अन्य प्रतीस्पर्धीभन्दा २० हजारभन्दा बढी फराकिलो मतान्तरका साथ अघि देखिएका छन् । पछिल्लो मतगणना अनुसार, साहले ५६ हजार २५५ मत ल्याएका छन् ।


ADVERTISEMENT


उनलाई पछ्याउँदै गठबन्धनकी सिर्जना सिंहले ३५ हजार ६४३ मत ल्याएकी छन् । नेकपा एमालेका केशव स्थापितको पक्षमा भने ३५ हजार ३ मत खसेको छ ।


ADVERTISEMENT

# # #


वैशाख ३० गते मतदानपश्चात् थालिएको मतगणनाको आज १२ औं दिन हो ।