काठमाडौँ – ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार महर्जनले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतान्तरले पराजित गर्दै दोस्रो पटक मेयरमा विजयी भएका हुन् ।


ADVERTISEMENT


अन्तिम मतपरिणाम अनुसार चिरीबाबुले ४२ हजार ७ सय २२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी व्यञ्जनकारले २४ हजार ५ सय ६० मत मात्र ल्याए ।


ADVERTISEMENT

# # #


वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकामा ८६ हजार ५ सय ४० मत खसेको थियो । महर्जनले यसअघि २०७४ मा भएको निर्वाचनमा पनि व्यञ्जनकारलाई नै पराजित गर्दै पहिलो पटक मेयर बनेका थिए ।