काठमाडौँ– नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाल ३ दिने भ्रमणको लागी सोमबार न्यू दिल्ली प्रस्थान गरेका छन्। नेता ढकालले दिल्ली स्थित ‘कन्ष्टिटुशन क्लब अफ इंडिया’ मा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्न उनी भारत गएको उनको सचिवालयले जनाएको हो ।


ADVERTISEMENT


तीन दिन भारत बसाईका क्रममा अध्यक्ष ढकालले भारतीय नेताहरुसंग आपसी हित र विश्व शान्तिको बारेमा छलफल गर्ने भ्रमण दलका सदस्य तथा परिवार दलका महामन्त्री सन्तोष पौडेलले जानकारी दिए। ढकाल ‘इन्टरनेश्नल एशोशिएशन अफ पार्लियामेनटरिएन फर पिसू एशिया प्याशिफिक’ का अध्यक्ष समेत हुन्।


ADVERTISEMENT

# # #


हालै सम्पन्न स्थानीय तहको निर्बाचनमा ढकाल नेतृत्वको नेपाल परिवार दलले नेकपा एमाले संग तालमेल गरेको थियो। निर्वाचन लगतै अध्यक्ष ढकालको भारत भ्रमणलाई नेपाली राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ । ढकालको भारतका उच्च स्तरीय नेताहरुसँग राम्रो सम्बन्ध छ ।