टीकापुर – कैलालीका १३ वटा स्थानीय तहमध्ये ४ पालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी जिल्लामै पहिलो दल बन्न पुगेको छ ।


ADVERTISEMENT


थारु बाहुल क्षेत्र कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा गठबन्धन दललाई पराजित गर्दै रेशम चौधरीको पार्टीले विजय हासिल गरेपछि पहलो दल बन्न पुगेको हो ।


ADVERTISEMENT

# # #


सार्बजनिक मतपरिमाण अनुसार कैलालीमा नेकपा एमालेले अध्यक्षमा मात्र चुरे र बर्दगोरिया गरी दुई पालिका जितेको छ । अघिल्लो निर्वाचनमा एमालेले गोदावरी, गौरीगंगा, घोडाघोडी, लम्कीचुहा, टीकापुर नगरपालिका, चुरे र मोहन्याल गाउँपालिका गरी ७ पालिकामा प्रमुख÷उपप्रमुख जितेर पहिलो बनेको थियो । यसपालि एमालेले जितेका नगरपालिका गुमाउँदै दुई पालिकामा सिमित बन्न पुगृको छ ।
नेपाली काँग्रेसले गोदावरी, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिका गरी तीन स्थानीय तह जितेको छ । काँग्रेसले अघिल्लो स्थानीय तहमा धनगढी उपमहानगरपालिका सहित ३ गाउँपालिका सहित ४ पालिका जितेकोमा यसपालि उपमहानगर गुमाएर तीन पालिकामा विजय हासिल गरेको छ ।

कैलालीको जानकी गाउँपालिकामा रेशम चौधरीको नवगठित नागरिक उन्मुक्ति पार्टीले विजय भएको छ । नागरिक उन्मुक्ति पार्टीका तर्फबाट गणेश चौधरी सात हजार १५१ मत ल्याई विजयी अध्यक्षमा निर्वाचित भएका छन् ।

अध्यक्ष चौधरी लामो समयदेखि टीकापुरमा रहेर पत्रकारिता गर्दै आएका थिए । पत्रकारिता छोडेर नागरिक उन्मुक्ति पार्टीबाट जानकारी गाउँपालिकामा उम्मेदवार बनेका चौधरी विजयी भएर अध्यक्ष बनेका हुन् ।

चौधरी गठबन्धनका माओवादी केन्द्रका साझा उम्मेदवार परशुराम महतोलाई एक हजार ९०९ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । महतौले पाँच हजार २४२ मत पाए ।

यसै गरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लालमतिदेवी कठरिया नेकपा एमालेका उम्मेदवार गीता चौधरीलाई एक हजार ७०४ मतले पछि पार्दै विजयी भएकी छन् । कठरियाले छ हजार ५६२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
जानकी गाउँपालिकामा उन्मुक्ति पार्टीले विजय हासिल गरेसँगै कैलालीमा पहिलो दल बन्न पुगेको हो । घोडाघोडीमा एकीकृत समाजवादीका उम्मेदवार नगरप्रमुखमा विजयी भएका छन् । गौरीगंगा नगरपालिका र महोन्याल गाउँपालिकामा माओवादीका उम्मेदवार विजयी भएका छन् । अघिल्लो निर्वाचनमा माओवादीले भजनी नगरपालिका र कैलारी गाउँपालिकमा विजय हासिल गरेको थियो । यसपालि माओवादीले ती दबै पालिका गुमाएको छ ।