काठमाडौँ – सभामुख अग्नी सापकोटाले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको ८ वर्ष पुरानो यौन हिंसा सम्बन्धी विषयमा छानविन गर्न सरकारलाई निर्देशन दिएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेस सांसद गगन थापाले यस विषयमा छानबिन गर्नुपर्ने बताएपछि सभामुख सापकोटाले छानविन गर्न सरकारलाई निर्देशन दिएका हुन् । बैठकमा सांसद थापाले उक्त घटना गम्भीर भएको बताए ।


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार : सामाजिक सञ्जालमा एक युवतीको ८ वर्षपछिको चित्कार : सौन्दर्य प्रतियोगिताका क्रममा ममाथि यौन हिंसा भयो

उक्त घटनामा अभियोग लागेका व्यक्तिलाई तत्कालै अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनले बताए । त्यस्तै उनले कानुन विशेषगरी हदम्याद सम्बन्धि विषयका सन्दर्भमा पुनर्विचार गर्नका लागि सरकारलाई निर्देशन दिनुपर्ने पनि बताए ।

सांसद थापाले धारणा राखेपछि सभामुख सापकोटाले उक्त षियमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउदै शीघ्र छानविन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिए ।

सम्बन्धित समाचार : यौन हिंसासम्बन्धि कानुन संशोधनको माग राख्दै युवाद्वारा बालुवाटारमा प्रदर्शन (फोटोफिचर)

बुधवार एक युवतीले सामाजिक सञ्जालमार्फत ८ वर्ष अघि यौन हिंसा भएको खुलासा गरेकी थिईन् ।