विराटनगर– विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाको अग्रता देखिएको छ । पछिल्लो मतपरिणमअनुसार, कोइरालाले हाल उनका निकटतम् प्रतीस्पर्धी नेकपा एमालेका सागरकुमार थापाभन्दा ६ हजार १४८ बढी मतका साथ अग्रता कायम राखेका छन्।


ADVERTISEMENT


हालसम्ममा कोइरालाले २४ हजार ५६३ मतल्याएका छन्, भने थापाले कुल १८ हजार ४१५ मत प्राप्त गरेका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार उमेशकुमार यादव ७ हजार ४९७ मत सहित तेस्रो स्थानमा छन् ।


ADVERTISEMENT

# # #


त्यसैगरि, उपमेयरतर्फ भने एमालेकी शिल्पा कार्कीको अग्रणी देखिएको छ । उनले हालसम्म २२ हजार १४ मत प्राप्त गरेकी छन् । उनलार्ई पछ्याउँदै समाजवादीका अमरेन्द्र यादवले १२ हजार ३६६ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४ हजार ५५० मत प्राप्त गरेकी छन् र