खलङ्गा– जुम्लाको आठ वटै स्थानीय तहको अन्तिम मतगणना परिमाण सार्वजानिक भएको छ । मत परिणाम अनुसार जिल्लामा नेपाली कांग्रेसले पाँच र नेकपा (माओवादी केन्द्र) ले दुई र एक स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् ।


ADVERTISEMENT


मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पातारासी, गुठीचौर, तातोपानी, हिमा र कनकासुन्दरी गाउँपालिकामा अध्यक्ष कांग्रेस विजयी भएको छ । यस्तै तिला र सिंजा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको निर्वाचन अधिकृत महेश न्यौपानेले जानकारी दिए । जिल्लाको एकमात्र एक नगरपालिका चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले विजयी हासिल गरेका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै उपाध्यक्षमा कांग्रेसले हिमा, कनकासुन्दरी र चन्दननाथ नगरपालिकामा उपप्रमुखमा जीत हासिल गरेको छ । एकीकृत समाजवादीले जिल्लाको एकमात्र गुठीचौर गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित भएको छ । निर्वाचनमा जिल्लामा एमालेले कुनै पनि स्थानमा विजयी हासिल गर्न सकेनन् । सो पार्टीले २०७४ को स्थानीय तहको निर्वाचनमा तिला गाउँपालिकाको अध्यक्ष र सिंजा गाउँपालिकाको उपाध्यक्षमा जितेको थियो । माओवादीले २०७४ मा तातोपानी, हिमा र गुठीचौरमा जितेको थियो । अहिले गुमाएको छ ।

कांग्रेसले चन्दननाथ नगरपालिका २०७४ मा जितेका थिए भने अहिले स्वतन्त्र उम्मेदवारले नगरपालिकामा जितेका छन् । जिल्लामा कांग्रेसले पाँचस्थानीय तह जितेर पहिलो पार्टी बनेको छ । रासस