काठमाडौं – सिके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा अर्को पालिकामा पनि जित हात पारेको छ।


ADVERTISEMENT


बलान विहुल गाउँपालिकामा जनमत पार्टीका अध्यक्ष उम्मेदवार खेमचन्द्र यादवले जित हात पारेका हुन्।


ADVERTISEMENT

# # #


उनले २९९४ मत पाए भने दोस्रो भएका कांग्रेस उम्मेदवार नवीनकुमार झाले २२४७ मत पाए।

उपाध्यक्षमा पनि जनमत पार्टीकै रेणु यादव विजयी भएकी छन्। यादवले २६९० मत पाएकी छन् भने कांग्रेसकी आशदेवी मण्डल २३०४ मत ल्याएर पराजित भएकी छन्।

यसअघि जनमत पार्टीले हनुमाननगर कंकालिनीको मेयर जितेको थियो।