दोलखा – दोलखाको तामाकोशी गाउँपालिकाको अध्यक्षमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा एसका प्रोण प्रताप केसी विजयी भएका छन् ।


ADVERTISEMENT


नेकपा एमालेका अभिषेक सुवेदीलाई झण्डै २ हजार मतान्तरले पराजित गर्दै केसी अध्यक्षमा विजयी भएका हुन् ।


ADVERTISEMENT

# # #


नेकपा एसका केसीले ५ हजार ४ सय ९० प्राप्त गर्दा एमालेका सुवेदीले ३ हजार ४ सय ६६ मत पाए ।

५ हजार ४ सय ४१ मतसहित नेपाली कांग्रेसकी सृजना सुवेदी विजयी भएकी छिन् ।