भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।


ADVERTISEMENT


मध्यपुर थिमिको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपमेयरमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी भएका छन् ।


ADVERTISEMENT

# # #


सुरेन्द्र श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख एवम् एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई ४ हजार ६३ मतले पराजित गरे ।

सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गर्दा मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा विजय श्रेष्ठले १२ हजार १ सय २ मत प्राप्त गरे । श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उत्तरा नेपाललाई ३ हजार १३९ मतले पराजित गरे । नेपालले ८९६३ मत पाएकी छन् ।