काठमाडौँ – काठमाडौं महानगरपालिकाको मेयरतर्फ स्वतन्त्र मेयर उम्मेदवार वालेन्द्र(वालेन) साहले निकटतम प्रतिद्वन्द्वीसँग ६ हजार बढीको मतान्तर कायम गरेका छन् ।
सुरुवातदेखि नै अग्रता लिएका साहले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितलाई ६ हजार ७ मतले पछाडि पारेका हुन् । ३३ हजार १२२ मत गणना हुँदा वालेनले १२ हजार ८९२ मत ल्याएका छन् ।
वालेनलाई पच्छ्याइरहेका स्थापितले ६ हजार ८८५ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेकी पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ६ हजार १०९ मत पाएकी छन् ।
 काठमाडौँमा अहिले वडा नं.२, ३, ४, ५, ६, ३०, ३१, ३२ को मत मणना भइरहेको छ । वडा नं. १ र २ को मतगणना सम्पन्न भइसकेको छ ।