भरतपुर– भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनकी रेणु दाहालले प्रस्पर्धी नेकपा एमालेका विजय सुवेदी मतलाई पछि क्रमशः पछि पार्दै गएकी । हालसम्मको मतगणना अनुसार, दाहालले नेकपा एमालेका विजय सुवेदीलाई १६७ मतले पछि पार्दै अग्रता लिएकी हुन् ।


ADVERTISEMENT


कडा प्रतिस्पर्धा भइरहेको सो पदमा दाहालले अहिलेसम्म ६ हजार ४३९ मत प्राप्त गरेकी छिन् भने विजय सुवेदीले ६ हजार २७२ मत हासिल गरेका छन् । प्रमुख पदकै तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल देखिएका छन् । उनले ३ हजार १४९ मत प्राप्त गरेका छन्।


ADVERTISEMENT

# # #


यस्तै, उपमेयरतर्फ कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ७ हजार ८४९ मत प्राप्त गरेका छन्, भने उनलाई पछ्याउँदै राप्रपाकी हिमला गुरुङले ५ हजार १५२ मत प्राप्त गरेकी छन् ।