काठमाडौँ– सुनचाँदी बजारमा पहेँलो धातुको मोल फेरि बढेको छ । बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैँया तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ५०० रुपैँयामा कारोबार भएको थियो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैँया छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार रुपैँया थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैँयाले बढेर एक हजार २६० रुपैँया तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२५ डलर आसपास कारोबार भइरहेको छ । रासस