डडेल्धुरा – डडेल्धुराको अजयमेरु गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का उमेशप्रसाद भट्ट विजयी भएका छन् ।


ADVERTISEMENT


भट्ट दोस्रो कार्याकालका लागि पुनः निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार भट्टले दुई हजार ४६९ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का पदमबहादुर पालले दुई हजार २९७ मत हासिल गरे ।


ADVERTISEMENT

# # #


उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बसन्ती पालले दुई हजार ५६५ मत ल्याई विजयी हासिल गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) की उम्मेदवार कलावती भाडले दुई हजार ३०९ मत प्राप्त गरिन् । अजयमेरु गाउँपालिकामा वडा नं १ र ६ कांग्रेस, २ र ४ माओवादी, वडा नं ५ मा एमाले र वडा नं ३ मा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

डडेल्धुराका सात पालिकामध्ये अहिलेसम्म नेपाली कांग्रेसले दुई र माओवादीले दुई स्थानीय तह जितेका छन् ।