काठमाडौँ — नेपाल आयाल निगमले इन्धनको मूल्य पुनः बढाएको छ । आयल निगमको संचालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको हो ।


ADVERTISEMENT


बढाइएको मूल्य आज राती १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । यसअघि प्रतिलिटर १६० रुपैयाँ रहेको थियो ।


ADVERTISEMENT

# # #


यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुग्ने भएको छ । निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको जनाएको छ ।