तनहुँ – तनहुँको दुई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम राखेका छन् । बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा माओवादीका उम्मेदवारहरूले अग्रता कायम गरेका हुन्।


ADVERTISEMENT


बन्दीपुरमा एक हजार चार सय मतगणना हुँदा माओवादीबाट अध्यक्षका उम्मेदवार पूर्णसिं थापाले चार सय ७३ र उपाध्यक्ष करुणा गुरुङले चार सय ३८ मत पाएका छन्।


ADVERTISEMENT

# # #


नेकपा एमालेका अध्यक्षका उम्मेदवार सुरेन्द्रबहादुर थापाले तीन सय ९६ मत पाएका छन्। यहाँ एमालेले कांग्रेसबाट कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहसँग तालमेल गरेका छन्। जोशी समूहबाट स्वतन्त्र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकी केशमाया गुरुङले दुई सय १३ मत पाएकी छिन्।

नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार ध्रुवलाल प्रधानले तीन सय ९८ र उपाध्यक्षकी उम्मेदवार पञ्चमाया गुरुङले चार सय ६१ मत पाएकी छन्।

यस्तै, आँबुखैरेनी गाउँपालिकाको माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार शुक्र चुमानले एक सय, उपाध्यक्षकी उम्मेदवार दुर्गा अर्यालले ७५ मत पाएकी छन्। नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार गीरबहादुर थापाले ४३ र उपाध्यक्षका उम्मेदवार पवित्रा गौलीले ४४ मत पाएकी छन्।

एमालेका अध्यक्षका उम्मेदवार ऋषि केसीले ३० र उपाध्यक्षकी उम्मेदवार मीना अधिकारीले ५२ मत पाएकी छिन्। आँबुखैरेनीमा दुई सय मतगणना भएको छ।

शुक्लागण्डकी नगरपालिकामा पनि मतगणना सुरु भएको छ। मेयरमा नेपाली कांग्रेसका कृष्णराज पण्डितले अग्रता सुरु गरेका छन्। वडा नम्बर १ को सय मतगणना हुँदा पण्डितले ४९ मत पाएका छन्। यहाँ कांग्रेस र माओवादीको गठबन्धन छ। उपमेयरका उम्मेदवार माओवादी केन्द्रका खुमबहादुर विक ९राजु० ले २९ मत पाएका छन्।

नेकपा एमालेका मेयरका उम्मेदवार मुक्ति तिम्सिनाले ४५ र उपमेयरकी उम्मेदवार फुलमाया वाग्लेले ४५ मत पाएकी छन्। यस्तै, वडाध्यक्षमा नेपाली कांग्रेसका रवीचन्द्र पौडेलले ५० र एमालेका रघुनाथ पौडेल ४५ मत पाएका छन्। शुक्लागण्डकी नगरपालिकाको चार स्थानबाट मतगणना हुँदैछ। १२ बजेपछाडि मतगणना थालिएको हो।