धनगढी – कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको पार्टीले सुरुवाती अग्रता लिएको छ । पहिलो एक सय मतको गणना सकिंदा रेशमकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठित नागरिक उन्मुक्ती पार्टीका मेयर पदका उम्मेदवारले ३४ मतसहित अग्रता लिएको निर्वाचन अधिकृत पुष्कर खड्काले जानकारी दिए ।


ADVERTISEMENT


उनकाअनुसार नागरिक उन्मुक्ती पार्टीलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेका उम्मेदवारले १८ मत प्राप्त गरेका छन् भने सत्तारुढ गठबन्धनका उम्मेदवारले १६ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


५२ हजार बढी मतदाता रहेको टीकापुर नगरपालिकामा शुक्रबार भएको निर्वाचनमा ३१ हजार २९३ मत खसेको थियो । टीकापुरमा शनिबार बिहानदेखि मात्रै मतगणना सुरु भएको हो ।