काठमाडाैं – जनता समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटार नगरपालिकामा जसपाले सुरुवाती अग्रता लिएको छ।


ADVERTISEMENT


नगरपालिकाको वडा नं। १ बाट मतगणनामा सुरु भएको हो । सुरुवाती गणनामा जसपाबाट मेयरका उम्मेदवार प्रेम गुरुङले २ सय ५५ मतका साथ अग्रता हासिल गरेका छन्।


ADVERTISEMENT

# # #


कांग्रेसको तर्फबाट उम्मेदवार रहेका निवर्तमान मेयर दीपकबाबु कँडेलले १ सय ९१ र माओवादी केन्द्रका विवश चिन्तनले १ सय ६४ मत प्राप्त गरेका छन्।

यहाँ जसपा र एमालेबीच गठबन्धन निर्माण भएको थियो । २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन नयाँ शक्ति पार्टीका उम्मेदवार पालुङ्गटार–१ मा दोब्बर मतान्तर साथ विजयी भएका थिए।

नयाँ शक्तिका कृष्णबहादुर परियार ६ सय ९३ मत सहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका ज्ञामलाल श्रेष्ठले २ सय ९३ मत प्राप्त गरेका थिए। यहाँ नेपाली कांग्रेसका श्यामबहादुर कडेरियाले २ सय ६३ र एमालेका भोलाकुमार श्रेष्ठले १ सय ४५ मत प्राप्त गरेका थिए।

पालुङ्टारको मेयरमा जसपा र एमालेबीच तालमेल भएको छ । तर, २०७४ मा नयाँ शक्ति र एमालेका उम्मेदवारले वडाध्यक्षमा प्राप्त गरेको मत परिणाम र अहिले प्राप्त मत परिणाम हेर्दा जसपा उम्मेदवारले अपेक्षा गरेअनुसार मत प्राप्त गरेको देखिँदैन।

जसपा–एमाले तालमेल भएपनि एमाले उम्मेदवार यहाँ ६२ मतका साथ तेस्रो स्थानमा छन्। दोस्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवारलाई सुरुवाती गणनामा १ सय ६४ र पहिलो स्थानमा रहेको कांग्रेसले १ सय ८८ मत प्राप्त भएको छ।