काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मतगणना सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति जुटेसँगै महानगरका वडा नं. १ र ३२ बाट मतगणना सुरु भएको हो ।


ADVERTISEMENT


काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


काठमाडौँमा नेकपा एमालेका केशव स्थापित, पाँच दलीय गठबन्धनका तर्फबाट काँग्रसकी सिर्जना सिंह, विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठ, स्वतन्त्र उम्मेदवार बालेन शाह, स्वतन्त्र उम्मेदवार सुमन सायमी लगायत ३५ जना स्वतन्त्रसहित ५५ जनाले मेयरका प्रत्यासी रहेका छन् ।

जसमध्ये एमालेका स्थापित, काँग्रसकी सिंह र स्वतन्त्र उम्मेदवार शाहबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।