काठमाडौँ – नेपाली काँग्रेसकी केन्द्रीय सदस्य विद्या तिमिल्सिनाले मतदान गरेकी छन् ।


ADVERTISEMENT


तिमिल्सिनाले शुक्रबार बाजुराको हिमाली गाउँपालिका–७ स्थित जनता आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान गरेकी हुन् । विद्यार्थीकालदेखि नै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय तिमिल्सिना १४औँ महाधिवेशनमा महिलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।


ADVERTISEMENT

# # #


हिमाली गाउँपालिकामा नेपाली काँग्रेसका गोविन्दबहादुर मल्ल अध्यक्षको उम्मेदवार बनेका छन् । उनी यसअघि पनि अध्यक्षमा विजयी भएका थिए । उनको यसअघिकै प्रत्यासी नेकपा एमालेका अजबहादुर मल्लसँग मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

जनता आधारभूत विद्यालयको मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको स्थानीय पवनराज तिमिल्सिनाले बताएका छन् ।