काठमाडौँ – कतार सरकारले अक्सिजनको आपूर्तिको समस्यामा सहयोग गर्ने हेतुले नेपाल सरकारलाई अक्सिजन उत्पादन गर्ने ट्यांकर उपलब्ध गराएको छ ।


ADVERTISEMENT


कतार सरकारका तर्फबाट नेपालका लागि कतारी राजदुत युसुफ मोहम्मद अल-हैलले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई हस्तान्तरण गरे। अक्सिजन ट्यांकर ७ लाख ४५ हजार कतारी रियाल अर्थात २ करोड ४६ लाख नेपाली रूपैंया बराबरको हो ।


ADVERTISEMENT

# # #


कतार फण्ड फर डेभलपमेन्टले चीनबाट खरिद गरी नेपाल पठाएको ४० फिट लम्बाइ तथा १३ हजार ५ सय किलो वजनको ट्यांकरको कागजात राजदूत अल–हैलले सचिव पोखरेललाई हस्तान्तरण गरेको हुन् । सो क्रममा उनले कतार सरकार नेपाल सरकारलाई सबै क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताए । उनले कतार सरकार कोरोना महामरीसंग जुध्न सदैव नेपाल सरकारको साथमा रहको बताए ।

ट्यांकर हस्तान्तरणको कागजात बुझ्दै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले कतार सरकारले महामारीसंग जुध्न गरेको सहयोगको लागि धन्यवाद दिए । उनले भने, ‘कतार सरकारले नेपाली नागरीकलाई रोजगारी प्रदान गरेर र आवश्यक परेको समयमा विभिन्न सामग्रि उपलब्ध गराएर जुन खालको सहयोग गरीरहेको छ त्यसको नेपाल सरकारले उच्च मुल्याङ्कन गरेको छ ।’ अक्सिजन ट्यांकर मकवानपुर जिल्लाको हेटौंडामा रहेको हेटौंडा हस्पतालमा इन्स्टल गरेर अक्सिजन उत्पादन पनि शुरू भैसकेको सचिव पोखरेलले जानकारी दिए ।

नेपालका लागि सहयोग स्वरूप अक्सजन ट्यांकर पठाउने क्रममा कतार फण्ड फर डेभलपमेन्टका कार्यकारी महानिर्देशक खलिफा विन जासिम अलकुवरीले दिगे विकास लक्ष्यमा उल्लेख तेस्रो नम्बरको लक्ष्य हासिल गर्न नेपाल सरकारलाई कतार सरकारको साथ संधै रहने वाचा गरे ।

कतार फण्ड फर डेभलपमेन्टले यसअधि कोरोना महामरीसंग जुध्न विभिन्न खाले स्वास्थ्य सामग्री, भेन्टिलेर, अक्सजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ ।