काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै मुलुकको विकास एमालेबिना असम्भव रहेको भन्दै स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको बताएका हुन् । यसअघि मुलुकका महत्वपूर्ण काम एमालेको सरकारले मात्रै गरेको भन्दै ओलीले एमालेले जितेमात्रै राष्ट्र निर्माणको अभियानले गति लिने दाबी गरे ।


ADVERTISEMENT

# # #


उहाले एमालेसंग मतको स्थीति सुदृढ रहेको र जनताहरुको आकर्षण एमाले प्रति रहेको धारणा राखे । गठबन्धनले अदालतमा जाली मुद्धा लडेर एमालेको सरकार ढालिएको उहाको भनाई छ ।

अध्यक्ष ओलीले धरहरालाई टावर बनाएर सत्तारुढ दलका नेताहरुले आलोचना गरेको आरोप लगाए । स्वार्थका लागि देशलाई दुर्घटनामा पारिएको भन्दै सत्तारुढ दलका नेताप्रति ओलीले आक्रोश व्यक्त गरे ।