काठमाडौँ – छिटो छरितो न्याय, सवैका लागि न्याय भन्ने नाराका साथ सोमबार कानुन दिवस मनाइएको छ ।


ADVERTISEMENT


दिवसका अवसरमा सर्वोच्च अदालतले सर्वोच्च अदालत परिसरमा चियापान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की, पूर्व प्रधानन्यायाधीशहरू, पूर्व न्यायाधीश लगाएतको उपस्थीति रहेको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै कार्यक्रममा सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश र पूर्व न्यायाधीशहरुलाई सम्मान गरेको थियो । विसं. २००८ मा ऐतिहासिक रूपमा नेपालले न्यायलय ऐन जारी गरेको दिन वैशाख २६ लाई नेपालले कानुन दिवसका रूपमा मनाउने गरेको छ ।

नेपालमा संवैधानिक सर्वोच्चता र विधिको शासन कायम राख्न तथा नागरिकका हक अधिकार तथा स्वतन्त्रताको संरक्षण गर्न न्यायपालिकाले थप जिम्मेवारी बोधका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतालाई जोड दिइदै आएको छ ।