काठमाडौँ – नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको २ हजार ९ सय ५ पीसीआर परीक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै १ हजार १ सय ५ एन्टीजेन परीक्षणका क्रममा कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरानोका कारण आइतबार पनि कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै थप २१ जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय ८९ जना निको भएका छन् । हाल नेपालमा २ सय १ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।