कैलाली – कैलाली निर्वाचन क्षेत्र नं २ मा प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजीे सवारी साधनमा आज बिहान अज्ञात समूहले आगजनी गरेको छ ।


ADVERTISEMENT


वाम गठबन्धनबाट उम्मेदवार थापाको लम्की चुहा नगरपालिकास्थित घर पछाडि राखिएको बा १६ च ६८९९ नं को जीपमा आगजनी गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले जानकारी दिए ।


ADVERTISEMENT

# # #


आगजनी कसले गर्यो भन्नेबारे थाहा हुन नसकेको बताउँदै प्रहरी नायब उपरीक्षक बुढा मगरले आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको जनाए । आगजनीबाट जीपको पूरै भाग जलेको छ ।