काठमाडौँ – निर्वाचन आयोगले आगामी बैंशाख ३० गर्ने हुने स्थानीय तह निर्वाचनको मतपत्र छाप्ने काम सम्पन्न भएको जनाएको छ ।


ADVERTISEMENT


बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि सवै मतपत्र छाप्ने काम सकिएको र बैशाख २३ गते भित्र सबै जिल्लामा मतपत्र पुराईसक्ने जानकारी दिए । त्यस्तै आयोगले निर्वाचनका लागि खटाइएका कर्मचारीले काम गर्न इन्कार गरेमा कानून बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ ।


ADVERTISEMENT

# # #


मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न आयोगले भनेको छ । त्यस्तै उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनैपनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही गर्ने प्रवक्ता पौडेलले बताए ।

उनले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमनत्री र निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष लगाएत हालसम्म ३७ व्यक्ति तथा राजनीतिक दललाई स्पष्टीकरण सोधेको जानकारी दिए ।

प्रवक्ता पौडेलले यस पटक मतदाता शिक्षालाई प्रभावकारी बनाइएको भन्दै मत बदरहुने संख्या निकै घट्ने विश्वास व्यक्त गरे ।