चितवन – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान अनुसार कुनै पार्टीले एक्लै बहुमत ल्याउने सम्भावना नभएकाले संविधान अनुसार नै गठबन्धन गर्नु आवश्यकता रहेको बताएका छन्


ADVERTISEMENT


चितवनको भरतपुरमा पाँच दलीय गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले उनले भोलिका दिनमा केन्द्रीय सरकार बनाउनका लागि पनि स्थानीय निर्वाचनमा गठबन्धन गर्नुपरेको आवश्यता औँल्याए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘भोलि मिलेरै केन्द्रीय सरकार बनाउनु छ भने आज स्थानीय सरकार पनि मिलेरै किन नबनाउने ? मिलेरै जाने अभ्यास किन नबनाउने ? किनभने मिलेर यो मुलुकको अस्थिरतालाई, असुरक्षा, पछौटेपनलाई गरिबीलाई अन्त्य गर्नुछ ।’

उनले काँग्रेसको प्रतिवाद केपी ओली प्रवृत्तिको एमालेसँग रहेको बताउँदै उनले ओलीले अस्थिर बाटोमा पुर्याएको देशलाई स्थिर बाटोमा पुर्याउनका लागि गठबन्धनको आवश्यता रहेको बताए । उनले भने, ‘त्यसकारण मेरा चितवनका मित्रहरुलाई भन्न चाहन्छु, एमाले हाम्रो प्रतिद्वन्द्वी हो, माओवादी होइन । प्रचण्ड प्रतिस्पर्धी होइन, ओली प्रतिस्पधी हो ।’

गठबन्धनकै कारण राष्ट्रियसभादेखि प्रदेश सभामा समेत काँग्रेसलाई फाइदा पुगेको वरिष्ठ नेता पौडेलले बताए । उनले भने, ‘गठबन्धन नभएको भए त्यहीँ गैँटाकोटको कृष्णचन्द कसरी मुख्यमन्त्री बन्थ्यो ? गठबन्धन नभएको भए तपाईंहरुले जिउँदो शहीद भन्ने गरेको बलराम पौडेल कसरी मन्त्री भएर झण्डा हल्लाएर हिंड्न पाउँथे ?’

उनले काँग्रेसका केही नेताहरुले काँग्रेस एक्लै लड्नुपर्छ भन्नुको औचित्य नभएको दाबी गरे । ‘यहाँ केही साथीहरुले एक्लै लड्नुपर्छ भन्ने एकथरी साथीहरु छन् । । एक्लै लड्ने त देखियो त ।’ उनले २०४६ सालमा गणेशमान सिंहले सबै दललाई समेटेर जाँदा बहुदल आएको र २०६२–६३ मा सबै एक ठाउँ आउँदा लोकतन्त्र प्राप्ती भएको टिप्पणी गरे ।