काठमाडौं – रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले सर्वसाधारणलाई १२ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशन गर्ने भएको छ ।


ADVERTISEMENT


कम्पनीले १२ लाख कित्ता सेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।


ADVERTISEMENT

# # #


बैशाख २१ गते बुधवार मेगा क्यापिटल मार्केट्स लिमिटेड त्रिपुरेश्वरमा एक कार्यक्रमका बीच कम्पनीले मेगा क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सम्झौता पत्रमा रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक शंकर लाल बैद्य तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सो कार्यक्रममा रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका सञ्चालक मंगल विश्वकर्मा र मेगा क्यापिटल मर्केट्स लिमिटेडका प्रमुख लगानी अधिकृत शुलभ श्रेष्ठको पनि उपस्थिति थियो ।

सर्वसाधारणका लागि जारी हुने १२ करोड रुपैयाँ रकम बराबरको १२ लाख कित्ता आईपीओ सेयर सर्वसाधारणमा निष्काशन गर्नका निम्ति नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक प्रक्रिया पूरा गरी सेयर निष्काशनको लागि आवेदन दिने योजना रहेको छ ।