काठमाडौँ– नेकपा एमाले केपी शर्मा ओलीको प्रधानमन्त्री कार्यकालमा हाबी हुदैँ प्रहरी स्तरोन्त्ती(बढुवा) को गल्तीलार्ई वर्तमान सरकार प्रधानमन्त्री शेर बहादुर देउवाले सच्चाएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले गत आइतबार प्रहरी महानिरीक्षक(आईजीपी) मा धीरज प्रताप सिंहलाई बढुवा गर्ने निर्णय गर्दै ओली कालमा विद्यमान विधि, पद्धति र ब्याच मिचेर प्रहरी बढुवाको गल्तीलाई सच्याएको हो ।


ADVERTISEMENT

# # #


यसअघि ओलीले विश्वराज पोखरेललाई आइजिपी बनाउन पटक– पटक ब्याच नै टप गरेर उनको एकल बढुवा गरेका थिए । यसले प्रहरीभित्र चरम असन्तुष्टि बढाएको थियो । तर, देउवाले आफ्नो कार्यकाल ओलीको सोहि षड्यन्त्रलाई बाहिष्कार मात्रै गरेनन्, बरु विधि पद्वती अनुरुप नै एआईजी सिंहको आईजीपीमा बढुवा समेत गरेर देखाइदिए ।

यसर्थमा ओली चेन अफ कमाण्ड नै भत्काएर भित्र्याएको बेथितीलाई देउवाले ‘चेक एण्ड ब्यालेन्स’ गरेका छन् । जसले अबका दिनमा सोहि अस्वभाविक चलखेल रोकिने आशा समेत गरिएको छ ।

सिंह र पोखरेल एउटै ब्याची हुन् । भर्नादेखि एसपीसम्म सिंह पहिलो नम्बरमा थिए । तर, राजनीतिक पावरकै आधारमा पोखरेलले एसएसपीमा सिंहलाई उछिनेका थिए । एउटै ब्याचभित्र तलमाथि हुनु स्वभाविक थियो । तर, डिआइजी र एआइजीमा उनको बढुवाले प्रहरीभित्र असन्तुष्टि समेत सृजना गरेको थियो ।