ललितपुर – नेपाली काग्रेस तरुण दलका क्षेत्रीय पूर्वसभापति निरज खड्का एमालेमा प्रवेश गरेका छन् । उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा पार्टी प्रवेश गराएका हुन् ।


ADVERTISEMENT


ललितपुरको राजनीतिमा ख्याति कमाएका खड्का नेपाली काँग्रेसको महाअधिवेशन प्रतिनिधि, ०५८ देखि ०६२/०६३ को जनआन्दोलन सम्म ६ वर्ष तत्कालीन सैबुगाउँ कमिटी तरुणदलको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।


ADVERTISEMENT

# # #


उनलाई एमालेमा प्रवेश गराउँदै एमाले अध्यक्ष ओलीले स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउन लाग्नुपर्ने बताए । उनले भने, ‘तपाईंलाई पार्टीले उचित जिम्मेवारी दिनेछ । अहिलेको अवस्थामा तपाईंको भुमिका महत्वपुर्ण रहनेछ ।’

खड्काले एमालेको नीति र सिद्धान्त मन परेको कारण पार्टी प्रवेश गरेको बताए । पार्टी प्रवेश कार्यक्रममा एमाले पोटिटब्युरो सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज शुशिला नेपाल, पार्टी केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजाल, केन्द्रीय सदस्य वावुराम थापा, प्रदेश सांसद एवं पुर्व प्रदेशमन्त्री जीवन खड्का एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यको उपस्थिति रहेको थियो । खड्काले एमाले प्रवेश गर्नु अघि जिल्लाका उच्च नेतृत्वसंग छलफल गरेका थिए ।

ललितपुर महानगरपालिका–१८ निवासी खड्का एक दशक भन्दा लामो समय खेलकुदमा समेत आबद्ध थिए । राष्ट्रिय खेलकुद परिषद्का पुर्वसदस्य रहेका खड्का ताइक्वान्डोको मार्शल आर्ट हुन् । नेपाल मार्शल आर्ट्स महसंघका पुर्वअध्यक्ष, भैसेपाटीको ओम ताइक्वान्दो डोजाङका संस्थापक अध्यक्ष रहेका उनी ६ डान छन् ।