काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिब आठ हजार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ।


ADVERTISEMENT


निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिब ८ हजारले फिर्ता लिएको जानकारी दिएका हुन्।


ADVERTISEMENT

# # #


उनले अहिले उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने काम भइरहेको पनि बताए। निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार शनिबार (आज) अपरान्ह ५ बजेसम्म निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने छ।

प्रवक्ता पौडेलले भने, ‘उम्मेदवारी फिर्ता लिनेको संख्या करिब ८ हजार छ। एक लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करिब ८ हजारजति उम्मेदवारले फिर्ता लिएका छन्। त्यसमा करिब एक लाख ४५ हजार उम्मेदवार कायम हुने देखिन्छ। आज चुनाव चिन्ह प्रदान हुन्छ।’

हिजो (शुक्रबार) स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको थियो। स्थानीय तह निर्वाचनको आगामी वैशाख ३० गते सम्पन्न हुँदैछ।