काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विभिन्न २० वटा प्रतिवद्धता सहितको स्थानीय तह निर्वाचन–२०७९ घोषणापत्र सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगाएतले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । लोसपाले सबल, सक्षम र स्रोतसमपन्न स्थानीय सरकार, सहज, छरितो र प्रभावकारी सेवा प्रवाह, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, निःशुल्क र व्यावहारिक सबै तहको शिक्षा, महिलामैत्री पूर्वाधार एवम् विशेष सुविधाको व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै कृषिसेवा विस्तार, सिंचाइ एवम् प्रभावकारी बजार व्यवस्थापन, चुरे जोगाऔं, मधेश बचाऔं लगाएतका प्रतिवद्धता घोषणापत्रमा उल्लेख छ । लोसपाले पहिचानमा आधारित राज्य पुनसंरचना एवं संविधानमा भएका कमजोरी सच्चाउनका लािग फेरी संघर्ष गर्नुपर्ने अवस्था उत्पन्न भएको र यसका लागि तयार रहेको जनाएको छ ।

कार्यक्रममा लोसपा अध्यक्ष ठाकुरले मुलकु संघीय राज्य भएपछि सवै क्षेत्रमा समान अधिकार दिने भनिएपनि त्यसो हुन नसकेकाले आफ्नो पार्टीले यसलाई प्रमुखका साथ उठाएको बताए । नेपाल भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पनि जसपाले विशेष ध्यान दिने उनको भनाई छ । उनले मधेश क्षेत्रका खानेपानी , स्वास्थ्य र शिक्षाको क्षेत्रलाई विशेष जोड दिनुपर्ने बताए ।

त्यस्तै लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले कांग्रेस, कम्युनिष्टहरु सत्ता र सरकारका लागि चुनाव लड्ने भएपनि लोसपा अधिकार र पहिचानका लागि चुनाव लड्ने बताए । चुनावलाई नै आन्दोलनको रुपमा लिदै अधिकार प्राप्तीको आगामी संघर्षका लागि लोसपा तयार रहेको उनको भनाई छ । त्यस्तै उनले निर्वाचनकै खिल्ली उठाउने गरि ठूला दलहरु गठबन्धन बनाएर चुनाव लड्न लागेको भन्दै लोसपा एक्लै चुनाव लड्ने बताए ।

लोसपाले कांग्रेस ठूलो पार्टी भए पनि काम सानो र कम्युनिष्ट पार्टीहरु विचारशून्य सत्तालोलुप राजनीतिक उद्यमी भएको टिप्पणी पनि गरेको छ ।