काठमाडौँ– नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा देशभर गरिएको ४ हजार ८ सय ८२ पिसिआर परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT


जबकी ९ सय ९३ एन्टीजेन परीक्षणका क्रममा भने कसैमा पनि कोरोना देखिएको छैन ।


ADVERTISEMENT

# # #


यस्तै, बिहीबार कोरोना मृत्युदर शुन्य रहेको छ भने, थप १८ संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय ९३ जना निको भएका छन् । मन्त्रालयका अनुसार, हाल नेपालमा २ सय ४९ सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् ।