काठमाडौँ – केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा आर्थिक बर्ष २०७८/७९ को राष्ट्रिय लेखा तथ्याङ्कका बिषयमा पत्रकार सम्मेलन गर्दै बिभागले चालू आर्थिक वर्षको ६ देखि ९ महिनासम्मका तथ्यांकको आधारमा नेपालको आर्थिक वृद्धिदर गत आवको भन्दा बढी हुने प्रक्ष्येपण गरेको हो ।


ADVERTISEMENT

# # #


गत आर्थिक वर्षमा सोहि समयमा ३.८३ प्रतिशतको आर्थिक वृद्धि भएको थियो । आधार मूल्यका आधारमा अहिले नेपालको अर्थतन्त्रको आकार ४१ खर्ब ५ अर्ब ५४ करोड रुपैयाँ र उपभोक्ता मूल्यका आधारमा ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ रहेको राष्ट्रिय योजना आयोगका सदस्य डा राम कुमार फुयालले जानकारी दिए ।

उहाका अनुसार चालू आवका लागि प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ हजार ३७२ अमेरिकी डलर र प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ३८१ अमेरिकी डलर बराबर रहेको छ । चालू आवका लागि आयात १८ खर्ब रुपैयाँ र निर्यात ३ खर्ब २० अर्ब रुपैयाँ बराबर हुने देखिएको उनले बताए ।

नेपालको जीडीपीमा सबैभन्दा बढी कृषि, वन तथा माछापालन क्षेत्रको योगदान २३.९५ प्रतिशत, थोक तथा खुद्रा व्यापारको १६.४० प्रतिशत घरजग्गा क्षेत्रको ८.७९ योगदान रहेको विभागले जनाएको छ ।