काटमाडौं – नेपालको यातायात क्षेत्रमा अनवरतरुपमा सेवा गर्दै आएका व्यवसायी सरोज सिटौलाले आजबाट विधिवत् रुपमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा वरिष्ठ उपाध्यक्षको पदभार ग्रहण गर्दै छन् ।
यातायात क्षेत्रका मजदुर, व्यवसायी, यात्रु र देशको समेत भलाइका लागि निरन्तर काम गरिररहेका तथा यस क्षेत्रको विकासका लागि ३२ वर्ष योगदान दिएका सिटौला यसपटकको भएको अधिवेशन मार्फत् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको वरिष्ठ उपाध्यक्षमा अत्यधिक मतले विजयी भएका हुन् ।
दुई कार्यकालसम्म महासंघको महासचिव भई काम सम्हालेका सिटौलालाई उनको कामको कदर गर्दै यातायात व्यवसायीहरुको छाता संगठनका रुपमा रहेको महासंघको वरिष्ठ उपाध्यक्षको पदभार सम्हाल्ने अवसर र चुनौती थपिएको छ ।
झापा जिल्लाको कनकाई नगरपालिका निवासी सिटौला मृदुभाषी एवं सहयोगी प्रकृतिका रहेका छन् । महासंघमा तीन कार्यकाल केन्द्रीय काेषाध्यक्ष रहेर काम गरेका सिटौला सार्वजनिक यातायात व्यवसायीकाबीच चिनेजानेकाे नाम हो ।
महासंघमा रहेर एक कार्यकाल सह काेषाध्यक्षसमेत सम्हालेका सिटौलालाई यातायात क्षेत्रमा सरकारले गरिररहेको मनोमानी लगायतका विषयमा आवाज उठाउँदै गर्दा प्हरीले पक्राउसमेत गरेको थियो । यातायात क्षेत्रमा भइरहेका तमाम समस्यामा बुलन्द आवाज घन्काउने सिटौला सरकार र प्रहरीबाट हुने सानातिना उल्झनहरुमा अल्झिएनन् । यातायात क्षेत्रकाे विकास समृद्धिका लागि निरन्तर काम गर्दै गए । जसले गर्दा आज उनी वरिष्ठ उपाध्यक्षको हैसियतमा काम गर्ने अवस्थामा पुगेका छन् ।
सानातिना उल्झनहरुमा रुमल्लिनुभन्दा समस्या र चुनौतीलाई निडर भई सामना गर्नुपर्ने बिचार राख्ने सिटौला महाधिवेशनबाट यातायात व्यवसायीको जुझारु एवं विश्वसनीय नेताका रुपमा उदाएको भान हुन्छ ।
करिब दश खर्ब हाराहारीमा लगानी रहेको सार्वजनिक यातायात क्षेत्रको काम कारबाही सम्हाल्न निरन्तर अग्रमोर्चामा होमिएका सिटौला छैठौं पटक भएको महाधिवेशनमार्फत् वरिष्ठ उपाध्यक्षको पद सम्म्हाल्दै छन् । युवा जोश र जाँगरले भरिएका सिटौलालाई महासंघका सदस्यहरुले अत्यधिक रुचाएको उनीहरुले दिएको अत्यधिक मतले देखाएको महासंघकै पादाधिकारी बताउँछन् ।