काठमाडौं –  भिभोले हालै नेपालमा ५००० एमएएच ब्याट्री लाइफ, शक्तिशाली क्यामेरा प्रणाली र विशाल मेमोरी विस्तार सेटअपसहित वाई३३एस नेपाली बजारमा सार्वजनिक गरिसकेको छ। युवा र प्रविधि उत्साही प्रयोगकर्ताहरुका लागि यस स्मार्टफोनमा उल्लेखनीय विशेषताहरु रहेका छन्।


ADVERTISEMENT


भिभोका वाई सिरिजका स्मार्टफोनहरु सुलभ मूल्य दायरामा उपलब्ध उत्कृष्ट सुविधाहरुका लागि प्रख्यात छन्। वाई३३एस पनि फरक छैन। यसले फराकिलो दायराका ग्राहकका लागि उपयुक्त उत्पादन ल्याउन प्रविधि र डिजाइनको क्षमतालाई संयोजन गरेको छ।


ADVERTISEMENT

# # #


ट्रिपल क्यामेरा भएको भिभो वाई३३एसले तस्बिरहरुलाई रचनात्मक अनुभवमा परिणत गर्न ५०एमपी रियर क्यामेरा, २ एमपी बोकेह क्यामेरा र २एमपी सुपर म्याक्रो क्यामेरा ल्याएको छ। ५०एमपी रियर क्यामेरा सेन्सरले व्यावसायिक क्यामेराको बराबर प्रकाश–इनटेक गर्दै उच्च फोटोग्राफीलाई पुनः परिभाषित गर्दछ। जसको परिणामस्वरूप सामान्य प्रकाश र कम–प्रकाश परिदृश्यहरुमा पनि उत्कृष्ट विवरणका तस्वीरहरु खिच्न सकिन्छ। यसबाहेक जुम इन वा क्रप आउट गर्दा पनि पूर्ण स्पष्टता कायम राख्दै तस्बिरको गुणस्तर कम हुदैन। यसबाहेक रातमा सुपर नाइट सेल्फी नोइज रिडक्सन टेक्नोलोजी र औरा स्क्रिन लाइटले प्राकृतिक र स्पष्ट तस्बिरहरुका लागि आवश्यक प्रकाश प्रदान गर्दछ।

स्मार्टफोनमा लगानी गर्दा ग्राहकले स्मार्टफोनको स्टोेरेज क्षमता (चाहे अस्थायी होस् वा स्थायी) विचार गर्नुपर्ने महत्वपूर्ण मापदण्ड बनेको छ। उपभोक्ताको मनोभावलाई जीवित राख्दै भिभोले उपकरणलाई प्रभावकारी रुपमा काम गर्ने ८ जीबी मेमोरीसहितको उत्कृष्ट विस्तारित र्याम २.० ल्याएको छ।

धेरै एपहरु बिना कुनै ढिलाइ एकैसाथ चलाउन यसको ४जीवी निष्क्रिय रोमलाई र्याममा विस्तार गर्न सकिन्छ। विस्तारित र्याम २.० को एउटा प्रमुख फाइदा भनेको यसले प्रयोगकर्ताहरुलाई बिना कुनै झनझट एकबाट अर्को एपमा स्विच गर्न सहज बनाउँछ।

स्मार्टफोनमा १२८ जीबी रोम पनि छ, त्यसैले प्रयोगकर्ताहरुले नयाँ फोटो, भिडियोहरु राख्नका लागि पुराना तस्बिरहरु, भिडियोहरु वा एपहरु हटाइ राख्नु पर्दैन। हेलियो जी८० प्रोसेसरको साथ, वाई३३एस ले राम्रो गेमिङ अनुभव प्रदान गर्दछ।

स्मार्टफोनमा ५०००एमएएच ब्याट्री र १८ वाट्ट फास्ट चार्ज छ जसले उपकरणलाई छिट्टै चार्ज गरेर प्रयोगकर्ताहरुको धेरै समय बचत गर्दछ। १८२ ग्राम हलुका तौल भएको यो उपकरणले प्रिमियम अनुभूति प्रदान गर्दछ। भिभोको बजेट–अनुकूल वाई सिरिजका स्मार्टफोनहरुमा डिजाइन–ड्रिभन विशेषता साँच्चै आश्चर्यजनक छन्।

ट्रिपल क्यामेरा मोड्युलको साथमा ब्रान्डले स्मार्टफोनको भिजुअल अपीललाई बढाउँदै यसको सिग्नेचर डुअल टोन स्टेपमा कम्पोनेन्टहरुलाई स्मार्ट रूपमा व्यवस्थित गरेको छ। साधारण डिजाइनको सौन्दर्यता र विविध रङले वाई३३एस लाई युवाहरुका लागि आकर्षक स्मार्टफोन विकल्प बनाएको छ।

भिभो वाई३३एस मिरर ब्ल्याक र मिडडे ड्रिम – दुई अद्वितीय रङहरुमा उपलब्ध छ। मिरर ब्ल्याक स्मार्टफोनमा चम्किलो कालो रङका लागि डबल लेयर कोटिङ प्रविधि प्रयोग गरिएको छ भने मिडडे ड्रिममा औँलाका छाप नबस्नका लागि लिक्विड क्रिस्टल कोटिङका साथ एजी बनावटलाई हाइलाइट गरिएको छ। यो उपकरण नेपालभर भिभोका रिटेल पसलहरुमा उपलब्ध छन्।