काठमाडौं – चितवनको भरतपुरस्थित कमलनगर चोकमा आगलागी भएको छ।


ADVERTISEMENT


आगो गएराति भरतपुर महानगरपालिका–३ स्थित तुलसीराम सापकोटाको चारतले घरमा लागेको हो । गएरातिदेखि लागेको सो आगो आज बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।


ADVERTISEMENT

# # #


आगो निभाउने काम भइरहेको स्थानीय बासिन्दाले बताएका छन्। आगलागी नियन्त्रण गर्न दमकलसहित नेपाल प्रहरी परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ।

आगलागीबाट पाँचभन्दा बढी पसलमा क्षति पुगेको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।