काठमाडौँ – नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ४ हजार ६४ पीसीआर परीक्षणका क्रममा ८ जना र १ हजार १ सय ६२ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन ।


ADVERTISEMENT

# # #


त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय ५८ जना निको भएका छन् । हाल नेपालमा २ सय ६१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।