एजेन्सी – विश्वकै सबैभन्दा वृद्ध व्यक्ति एक जापानी महिला केन तानाकाको ११९ वर्षको उमेरमा निधन भएको छ । उनको अप्रिल १९ मा पश्चिमी जापानको फुकुओका सहरको एक अस्पतालमा वृद्धावस्थाका कारण निधन भएको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ ।


ADVERTISEMENT


केन तानाका सन् १९०३ जनवरी २ मा जन्मिएकी उनलाई सन् २०१९ मा गिनिज वर्ल्ड रेकर्ड्सले विश्वकै सबैभन्दा वृद्ध जीवित व्यक्तिको रूपमा मान्यता दिएको थियो । उनले फ्रान्सेली महिला जीएन लुइस क्यालमेन्टको १२२ वर्षको रेकर्ड तोडेकी थिइन् ।


ADVERTISEMENT

# # #


तानाका आफ्नो परिवारका आठ सन्तानमध्ये सातौं थिइन्। उनले सन् १९२२ मा हिदेओ तानाकासँग विवाह गरेकी थिइन् । जसबाट उनका चार सन्तान थिए र अर्को एक बच्चा पनि ग्रहण गरेकी थिइन् ।

तानाकालाई टोकियो २०२० ओलम्पिक टर्च रिलेका लागि टर्चवाहकहरू मध्ये एकको रूपमा चयन गरिएको थियो । तर कोभिड–१९ का कारण पछि हटाइएको थियो ।