पोखरा – पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गरेका छन् ।


ADVERTISEMENT


त्यस्तै नेकपा एमालेका तर्फबाट प्रमुख पदमा कृष्ण थापा र उपप्रमुख पदमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा सहिदचोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा उनीहरूले उम्मेदवारी दर्ता गरेका हुन् ।


ADVERTISEMENT

# # #


काँग्रेससहितको पाँच दलीय गठबन्धनका प्रमुख पदका उम्मेदवार धनराज आचार्य मनोनयन पत्र दर्ता गर्न आउँदै ।

उम्मेदवारी दर्ताका क्रममा पत्रकारसँगको कुराकानीमा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार आचार्यले निर्वाचित भएसँगै पोखराको समुन्नति र आम पोखरेलीको अपेक्षा अनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गरे । नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार थापाले निर्वाचित भएसँगै पोखरेलीको चाहना अनुरुप समृद्धि र विकासका लागि निरन्तर लाग्ने बताए।

प्रमुख दल सहित अन्य राजनीतिक दल एवम् स्वतन्त्र उम्मेदवारले निर्वाचन अधिकृतको कार्यलयमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराइरहेका छन् । रासस