काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महानगर र उपमहानगरमा भागबण्डा गर्दा राम्रो सन्देश दिए पनि जिल्लाको रिपोर्ट सुन्दा उत्साहित हुने स्थिति नदेखिएको बताएका छन्।


ADVERTISEMENT


नेकपा स्थापना दिवसका अवसरमा शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धन गरेर देशभर सकारात्मक सन्देश दिउको भए पनि परिस्थिति त्यस्तो नभएको भन्दै निराशा व्यक्त गरेका हुन्।


ADVERTISEMENT

# # #


‘हामीले महानगरपालिका र उपमहानगरपालिकामा गठबन्धनमा सहमति गरेका छौं। यसले देशैभर एउटा राम्रो सन्देश दिएको थियो,’ अध्यक्ष नेपालले भने, ‘तर, विभिन्न जिल्लाको रिपोर्ट सुन्दा आशा लाग्दो र उत्साहित हुने स्थिति देखिएको छैन। हामीले भनेका थियौं। देशैभर हाम्रो सञ्जाल छ भनेर।’

उनले यसअघि गठबन्धनमा ज जसले जितेका थिए त्यहाँ उनीहरुले नै नेतृत्व गर्ने भनिए पनि एमालेले जितेको ठाउँमा पहिलो हक हाम्रो हुने दाबी आफूहरुको रहे पनि त्यो नभएको बताए।

जे जस्तै भए पनि अब सम्पूर्ण शक्ति चुनावमा केन्द्रीत गर्नु पर्ने उनले बताए । उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा गठबन्धनका विषयमा केही नेताहरु लचिलो हुन तयार भए पनि केही नेताहरुमा त्यो नदेखिएको बताए।

केपी ओलीलाई संकेत गर्दै अध्यक्ष नेपालले केन्द्र, प्रदेशदेखि जताततै पछारिए पनि एमालेको चेत नखुलेको बताए। ‘दम्भ अहंकार अहिले पनि कायमै छ। अहिले पनि मात लागिरहेको नै छ,’उनले भने।