काठमाडौं – उत्तर कोरियाले नयाँ किसिमको हतियार परीक्षण गरेको दाबी गरेको छ । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार सर्वोच्च नेता किम जोङ उनको रोहबरमा नयाँ किसिमको ‘ट्याक्टिकल गाइडेड’ हतियारको परीक्षण गरिएको हो ।


ADVERTISEMENT


यस हतियारले मुलुकको आणविक क्षमतालाई विस्तार गर्ने केसीएनएले जनाएको छ । यसअघि दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको पूर्वी तटबाट प्रहार गरिएका दुई क्षेप्यास्त्रको सूचना पाएको जनाएको थियो ।


ADVERTISEMENT

# # #


ती क्षेप्यास्त्र २५ किलोमिटरको उचाइमा पुगी ११० किलोमिटर टाढा गएर खसेको समाचार संस्था रोयटर्सले जनाएको छ । केसीएनएले यस परीक्षणबारे केही विस्तृत जानकारी नदिए पनि यसलाई मुलुकको आणविक उद्देश्यसँग जोडेर प्रस्तुत गरेको रोयटर्सले जनाएको छ ।

गत अप्रिल ५ मा मात्रै सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाले आक्रमण गरेको खण्डमा आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएकी थिइन् ।